वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस,पोखराको ४४ औं स्थापना दिवशको अवसरमा आयोजित कार्यक्रम भब्यताकासाथ सम्पन्न भएको छ ।

वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस,पोखराको ४४ औं स्थापना दिवशको अवसरमा आयोजित कार्यक्रम भब्यताकासाथ सम्पन्न भएको छ ।

2025-11-09

वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस,पोखराको ४४ औं स्थापना दिवशको अवसरमा आयोजित कार्यक्रम भब्यताकासाथ सम्पन्न भएको छ । त्रि.वि.का उपकुलपति प्रा.डा.दीपक अर्यालज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको हो ।

प्रमुख अतिथि तथा उपकुलपतिज्यूले क्याम्पस परिसरमा त्रि.वि.को झण्डा अनावरण, अगरउड बृक्ष रोपण तथा क्याम्पस परिसरको अवलोकन तथा अनुगमन पश्चात विरूवामा जल सिचित गरि कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । उक्त कार्यक्रममा व.वि.अ.स.का डीन डा.ठाकुर सिलवाल, वन तथा वातावरण मन्त्रालयका नि.सचिव डा. रामचन्द्र कँडेल विशेष अतिथिको रूपमा हुनुहुन्थ्यो, अतिथिहरू वनतथा भु संरक्षण विभागका महानिर्देशक श्री धिरेन कुमार प्रधान, गण्डकि प्रदेश वन तथा वातावरण मन्त्रालय का सचिव श्री मोहनराज काफ्ले, प्रदेश वन निर्देशक श्री अशोक श्रेष्ठ, वि.व्य.स. सदस्य वडा नं १५ का वडा अध्यक्ष श्री तोरण बहादुर बानिया, क्या.व्य.स. सदस्य एवं उद्धोग वाणिज्य संघका अध्यक्ष श्री गोकर्ण कार्कीज्यू, चिकित्साशास्त्र अ.सं. पोखरा क्याम्पका क्याम्पस प्रमुख प्रा. निता ताम्राकार, व.वि.अ.सं.का पूर्व क्याम्पस प्रमुख श्री हरिप्रसाद त्रिपाठि, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका नि.निर्देशक ममता शर्मा,डिभिजन वन कार्यालय कास्कीका प्रमुख श्री कोमल काफ्ले,वृहत जलाधार व्य. केन्द्रका कार्यालय प्रमुख श्री श्याम प्रसाद न्यौपाने, नेपाल वन प्राविधिक संघ, गण्डकी प्रदेशका अध्यक्ष श्री गणेश बहादुर कार्की, वडा प्रहरी कार्यालय रामवजारका प्रमुख प्रहरी निरिक्षक, स्थानिय आमा समुह, स्थानिय अभिभावक सम्पूर्ण शिक्षक/कर्मचारी तथा विद्यार्थीहरुको उल्लेख्य सहभागिता तथा उपस्थिति थियो ।

कार्यक्रममा उत्कृष्ट शिक्षक उप प्राध्यापक डा.लीला पुरी, उत्कृष्ट कर्मचारी श्री विनोद थापा लाई सम्मान तथा पुरष्कृत गरियाे। विद्यावारिधि अध्ययन पुरा गरि आउनुभएका उप प्रा.डा.दिपक गौतमलाई अभिनन्दन तथा स्नातक तथा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अंङ्क सहित उत्तिर्ण विद्यार्थीहरु लाई पुरष्कार सहित सम्मान गरियो। साथै विभिन्न व्यक्ति तथा संस्थाहरुले स्थापना गरेको छात्रवृत्ति जेहन्दार, गरिव तथा आवश्यकता पहिचान भएका विद्यार्थीहरु छनाैट गरि सिफारिस भई आएका लाई छात्रवृति वितरण गरियो । यस क्याम्पसमा लामो समय सेवा गरेर सेवा निवृत हुनुभएका कर्मचारीहरु लाई सम्मान तथा विदाईको साथै सम्पूर्ण पूर्व शिक्षक/कर्मचारीहरुलाई सम्मान तथा मायाको चिनो सहित अभिन्दन गरियो । कार्यक्रममा विद्यार्थीहरुको नृत्य तथा प्रतिभाले थप रौनक थपेको थियो ।

सह प्रा.डा. जीत नारायण साहले स्वागत मन्तब्य राख्नुभएकाे थियाे भने उप प्राध्यापक डा. लिला पुरीले क्याम्पसको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा प्रमुख अतिथि, अतिथिहरु तथा विभिन्न कार्यालय तथा संस्थानका प्रतिनिधिहरुले शुभकामना तथा मन्तव्य राख्नुभयो । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका प्रमुख डा.नारायय प्रसाद गौतमज्युले मन्तव्य सहित कार्यक्रम समापन गर्नुभयो । कार्यक्रम सञ्चालन उप प्राध्यापक डा.श्रीकान्त शर्मा खतिवडाले गर्नु भएको थियो ।

स्थापना दिवसको पूर्व सन्धयामा पोखरा स्थीत ग्यालेक्सि हस्पिटल तथा पोखरा महानगरपालिका वडा नम्वर १५ सँगको सहकार्यमा स्वास्थ्य शिविर संचालन गरिएको थियो जसमा विध्यार्थी,शिक्षक तथा शिक्षक कर्मचारीको परिवारहरुको उल्लेख्य सहभागिता थियो, जसमा करिव २०० जनाले सेवा लिनुभएको थियो ।