स्नातक तह २०७७-०८१ व्याचका विद्यार्थीहरुकाे प्रिजेन्टेसन सेमिनार २०८१ सम्पन्न ।

स्नातक तह २०७७-०८१ व्याचका विद्यार्थीहरुकाे प्रिजेन्टेसन सेमिनार २०८१ सम्पन्न ।

2025-04-04

वन विज्ञान अध्ययन संस्थान पाेखरा क्याम्पस, पाेखरामा (२०७७-०८१ व्याच) स्नातक तहमा अध्ययनरत ७५ जना विद्यार्थीहरूकाे उक्त तहकाे अन्तिम सेमेष्टरमा गर्नुपर्ने ४ महिने Internship/Research काे Project paper/ Research /Internship presentation seminar चैत्र १८ गते बाट सुरू भई आज चैत्र २१ गते सम्पन्न भएकाे छ। उक्त ४ दिने कार्यक्रममा विद्यार्थीहरू प्रिजेन्टर साथिलाई हौसलादिनुका साथै फिडव्याक तथा सजेसन दिईरहेका थिए ।अधिकांश विद्यार्थीहरू उक्त ४ महिने Internship/Research मा धेरै कुराहरू सिक्न वुझ्न तथा आफुले जानेका/पढेका ज्ञान, सीपहरू कार्य स्थलमा गईगर्न पाएकाेमा खुसि व्यक्त गरिरहेका थिए तथा याे Internship/Research ले आगामि दिनमा के काम गर्ने कुन फिल्डमा जाने भनेर (दिशानिर्देश) माईन्ड मेकअप हुनुकाे साथै कार्यालयमा हुने विभिन्न डकुमेन्टेसन लगायत प्राक्टिकल ज्ञान आर्जन गर्न पाएकाे हुँदा आगामि दिनमा कुनै पनि कार्यालयमा काम गर्न जाँदा निकै सहज हुने वताए ।

सम्पूर्ण विद्यर्थीहरूकाे प्रिजेन्टेसन उत्कृष्ट थियाे तथापि कार्यक्रमकाे सुरूमै घाेषणा गरेअनुरूप ७५ जना प्रिजेन्टर मध्ये तिन जना उत्कृष्ट प्रिजेन्टरहरू आशिष परियार , ज्योति शर्मा र प्रजना पौडेल क्रमश प्रथम, द्वितीय र तृतिय लाई पुरस्कृत गरियाे । साथै साथिहरूकाे प्रस्तुतिमा कमेन्ट तथा सुझाब गर्ने मध्ये सबै भन्दा बढी प्रश्न साेध्ने तथा जिज्ञासा राख्ने तिनजना उत्कृष्ट विद्यार्थिहरूलाई समेत एक्टिभ पार्टिसिपेसनकाे रूपमा सम्मान गरियाे ।

कार्यक्रममा कार्यक्रम संयाेजक उप प्रा.डा. लिला पुरी, सह प्रा‍. डा‍. राम प्रसाद शर्मा,उप प्रा.डा .श्रीकान्त शर्मा खतिवडा उप प्रा. कृष्ण पाेखरेल तथा सम्पुर्ण ईभ्यालुएटर, पदाधिकारि, एडभाईजर, काेएडभाईजर ज्यूहरूले बिद्यार्थीहरूलाई सुझाव, हाैसला दिँदै आगामि दिनमा विद्यार्थीहरूकाे सफलता तथा प्रगतिकाे कामना गर्नुभयाे ।

उक्त कार्यक्रमकाे समापन क्याम्पस प्रमुख डा.नारायण प्रसाद गौतमज्यूले गर्नुभएको थियाे समापन कार्यक्रममा कार्यक्रमका संयाेजक डा. लिला पुरी, सहायक डीन डा. विक्रम मानान्धर ज्यूले शुभकामना सहित मन्तव्य राख्नुभएको थियो। विद्यार्थीहरुले पनि क्याम्पस,रिसर्च तथा ईन्टर्नसिपमा आफुहरूले भाेगेका भाेगाई तथा रमाईला पलहरू सम्झिदै मन्तव्य राखेका थिए ।