गणतन्त्र दिवसको उपलक्ष्यमा वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस परिवार र डिभिजन वन कार्यालय कास्कीको संयुक्त आयोजनामा गरिएको वृक्षारोपण कार्यक्रम मिति २०८२ जेष्ठ महिना १५ गते का दिन वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस परिसरमा सम्पन्न भएको छ। वन क्याम्पस का क्याम्पस प्रमुख डा.नारायण प्रसाद गौतमको अध्यक्षता, डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमलराज काफ्लेको प्रमुख आतिथ्यमा भएको यस कार्यक्रम पूर्व डीन डा. वीरबहादुर खनाल क्षेत्री त्रि.बी. प्राध्यापक संघ को तर्फबाट डा.लिला पुरी, त्रि.बी. कर्मचारी संघका अध्यक्ष विनोद बहादुर थापा र स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष आभिषेक शर्मा लगायतले आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो।

वृक्षारोपण कार्यक्रममा क्याम्पस परिसर भित्र कल्कि,धुपि, लालीगुराँस सहित करिब १० प्रजातिका बिरुवाहरू रोपण गरिएको छ।