International Conference

International Conference

Tribhuvan University, Institute of Forestry, Pokhara Campus (IOFPC), तथा Mukta Foundation (MF) बीच सम्पन्न समझदारीपत्र (MoU) अनुरूप आज क्याम्पसमा सम्पन्न द्विपक्षीय बैठकले शैक्षिक सहकार्यलाई थप विस्तार गर्ने दिशामा महत्वपूर्ण निर्णय गरेको छ।

बैठकमा मुक्त फाउन्डेसनका अध्यक्ष दामोदर त्रिपाठीज्यूले Concept Note on Rigvedic Himalaya प्रस्तुत गर्नुभयो। प्रस्तुत अवधारणामाथि क्याम्पसका प्राध्यापकहरूबीच गहन छलफल तथा अन्तरक्रिया सम्पन्न भयो। छलफलका क्रममा वैदिक परम्परा र हिमाली सभ्यताको अध्ययनलाई जैविक विविधता (Biodiversity), हिमाली पारिस्थितिकी, वन व्यवस्थापन तथा दिगो पारिस्थितिक पर्यटन (Ecotourism) सँग अन्तरसम्बन्धित गर्दै अनुसन्धान तथा शैक्षिक विमर्शलाई अघि बढाउने विषयमा विशेष जोड दिइयो।

आजकाे बैठककाे निर्णय अनुसार वन क्याम्पस र मुक्त फाउन्डेसनको संयुक्त आयोजनामा यही ७–९ डिसेम्बर २०२६ (२०८३ मंसिर २१-२३ ) मा 4th International Conference on Rigvedic Himalayan - 2026 (ICRH-2026) Institute of Forestry, Pokhara Campus मा आयोजना गर्ने निर्णय गरिएको छ।

साथै, सम्मेलनलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन Thematic Area अनुसार प्राविधिक टोली (Technical Team) गठन गर्ने तथा कार्यविभाजन, जिम्मेवारी निर्धारण, कार्यतालिका निर्माण र स्रोत व्यवस्थापनका विषयमा दुई पक्षिय विस्तृत छलफल गरी ठोस कार्ययोजना तयार गर्ने निर्णय समेत भयो ।

उक्त सम्मेलनले वैदिक ज्ञान परम्परा र हिमालय क्षेत्रको जैविक विविधता संरक्षण, दिगो वन व्यवस्थापन तथा पर्यावरणमैत्री पर्यटन विकासबीचको सम्बन्धलाई उजागर गर्दै नीति, अनुसन्धान र व्यवहारिक अभ्यासबीच सेतु निर्माण गर्ने विश्वास लिइएको छ। यसले शैक्षिक, सांस्कृतिक तथा सामुदायिक तहमा हिमालयको समग्र अध्ययन र संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।